वरिष्ठ पत्रकार नकुल काजीद्वारा पत्रकार महासंघको सदस्यता त्याग
झापा- ६ दशक लामो समयदेखि पत्रकारिता गरिहनुभएका नकुल काजीले पत्रकार महासंघको सदस्यता त्याग गर्नुभएको छ ।
झापाको भद्रपुर नगरपालिका-८ का बासिन्दा ७७ वर्षीय काजीले आफूले अहिलेको पत्रकारिताको निष्ठा बुझ्न छोडेको भन्दै राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

‘लगभग ६० वर्षदेखि साहित्य र सूचना सञ्चार सेवा विधाका सारभूत सिद्धान्तकाप्रति आत्मानिवोदित रहेर प्रवृत्त म यो समय सन्दर्भको ति विधागत व्यावहारिक शैली बुझ्न असमर्थ हुन थालेको आत्मानुभूति भएकाले महासंघको साधारण सदस्य (मतदाता) समेत रहने योग्यता ममा नरहेको ठहर गरी सो पदबाट राजीनामा दिएको छु,’ काजीले राजीनामा पत्रमा लेख्नुभएको छ ।