बैशाख १३, २०८२ शनिबार

प्रदेश १ मा थपिए ४३ संक्रमित

विर्तामोड । प्रदेश नं. १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७, बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या३० हजार ६४७ पुगेको छ । संक्रमित भएकामध्ये २९ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमित २६६ जना छन् । प्रदेश १ मा आज ३३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]