भद्रपुर रोडको दुई लेन पार्किङले ढाक्यो
विर्तामोड । लगभग निर्माण सकिएको विर्तामोड–भदपुर सडक खण्डको आधा भाग पार्किङको रुपमा रुपान्तरण हुन थालेको छ । व्यवसायी र किनमेलमा आउने सर्वसाधरणले सडक क्षेत्रमै पार्किङ गर्दा आवतजावतमा समस्या भइरहेको छ ।
जिल्लाकै ठुलो बजारको रुपमा विकास भइरहेको बिर्तामोडमा पार्किङको छुट्टै व्यवस्था नहुँदा सर्वसाधरणलाई समस्या भइरहेको छ । पछिल्लो समय भद्रपुर कालोपत्रे भएपछि चार लेनको बाटोमा सहजै आवतजावत हुने विश्वास गरिएको थियो । दुवै भागको छेउ–छेउमा रहेको लेन पुरै ढाकेर पार्किङक गर्न थालिएको छ ।
चार लेन बनाएर पनि पुरै सडक प्रयोग गर्न नपाइने चिन्ता बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र विर्तामोड नगरपालिकाले सडक क्षेत्रमा भइरहेको अव्यवस्थित पार्किङको व्यवस्थापनमा कुनै चासो दिइरहेको छैन ।