बैशाख १२, २०८२ शुक्रबार

७७ सालमा झनै बढ्यो झापामा लागुऔषध कारोवार

विर्तामोड । झापामा प्रतिदिन लागुऔषधको कारोवार बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा २ सय १२ जना पक्राउ गरेका छन् । त्यसमा ९ जना महिला छन् भने २०३ जना पुरुष छन् । यो तथ्याङक साउन देखि फागुन मसान्तसम्मको हो ।

आर्थिक वर्ष ०७६÷७७ मा जम्मा १९१ जना पक्राउ परेका थिए । गत आवमा १२ महिनामा १९१ जना समातिएका थिए भने चालु आवको ९ महिनमा २१२ जना समातिएका छन् । यो वर्ष समातिएका मध्ये २१ जना भारतीय रहेको प्रहरीको भनाई छ ।

झापा प्रहरीका अनुसार लागु औषध मुद्दा दर्ता संख्या समेत बढेको छ । गत आर्थिक वर्षमा ११८ वटा मुद्दा दर्ता भएको थियो । चालु आवको ९ महिनामा मुद्दा दर्ता संख्या १३६ पुगेको छ । खुल्ला सीमाका झापामा लागुऔषधको कारोवार र प्रयोगकर्ता बढ्दै गएको छ ।

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  २ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]