प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा मंगलवार २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३, झापामा ८, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १३, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकाबमा १–१, सुनसरीको इटहरी र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । हाल सम्म संक्रमितको संख्या ३० हजार ४९६ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ८७० संक्रमणमुक्त भएका छन् ।
प्रदेश १ मा २९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३३ हजार ७६८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।