कनकाईमा ओली विरुद्धको घेरावन्दी ओलीले नै तोडे
विर्तामोड । कनकाई सामुदायिक वनको आगामी तीन वर्षे कार्यकालका लागि नेकपा एमालेका उम्मेद्वार ख्याम ओली पुनः निर्वाचित भएका छन् । उनी विरुद्ध पाँच वटा राजनीतिक संगठनले मार्चा बनाएका थिए ।
आज राती भएको मतगणनामा ओलीले पाँच दलको मोर्चाबाट उठेका सन्तोष रायमाझीलाई १७ मत अन्तरले पराजित गरेका छन् । कुल २५ सय ९० मत खसेकोमा ओलीले १२१८ मत प्राप्त गरे भने भने रायमाझीले १२०१ मत प्राप्त गरेका छन् ।
नवनिर्वाचित ओलीलाई केपी ओली समर्थक भएको भन्दै व्यापक घेराबन्दी गरिएको थियो । उनले सो घेरावन्दीलाई तोडेका छन् । ओली विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जसपा, विवेकशिल लगायतले मोर्चा बनाएको थियो ।

एमाले र माओवादीको अन्तरविरोधले ओली पक्षीय उम्मेद्वारहरु विरुद्ध देशभर घेरावन्दी हुदै आएको छ । कनकाई सामुदायिक वनको निर्वाचनमा भने ओली समूहको विजयीलाई कसैको मोर्चाबन्दीले रोक्न नसकेको देखिएको छ ।
मत परिणाम आएपछि पराजित उम्मेद्वारहरुले पुनः गणनाको माग गरिरहेका छन् । स्रोतका अनुसार अब कुनै पनि हालतमा गणना नहुने बुझिएको छ । लोकतान्त्रिक प्रक्रियामा पराजित हुनासाथ गणनाको माग गर्नु बेठिक भएको कनकाईका अगुवा बताउँछन् ।