बैशाख १२, २०८२ शुक्रबार

सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन

विर्तामोड । सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन गरिएको छ । झापाको विर्तामोडमा एक समारोहका बीच पूर्वमन्त्री अग्निप्रसाद खरेलले पुस्तक विमोचन गरेका छन् ।

सामुदायिक वन नीति समिक्षा, सामुदायिक वनद्वारा आदिवासी महिलामा परेको प्रभाव तथा वहिष्करण सम्बन्धी अनुसन्धान समेटेर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले पुस्तक प्रकाशन गरेको हो । पूर्वी नेपालको झापा र मोरङमा रहेका आदिवासी समुदायलाई समेटेर अनुसन्धान गरिएको पुस्तकको प्रतिवेदन आदिवासी विज्ञ तथा अनुसन्धान कर्ता यशोकान्ती भट्टचनले तयार गरेकी हुन् ।

पुस्तकका बारेमा विश्लेषक नन्द कन्दङबाले प्रकाश पारेका थिए । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनीमाया माझीको अध्यक्षता सम्पन्न कार्यक्रममा विर्तामोड नगर सदस्य सुरेन राजवंशी, महिला नेतृ रोसनी मेचे, हरि धिमालले धारणा राखेकी छन् ।

प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]