बैशाख १२, २०८२ शुक्रबार

प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ ।

मोरंगको विराटनगरमा ११, सुनसरीको इनरुवा र धरानमा २–२, दुहवी र इटहरीमा १–१, झापाको दमकमा २ र भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा २ र धर्मदेवीमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४७० पुगेको छ । सक्रिय संक्रमितको संख्या १४० रहेकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार  ५ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]