बैशाख १२, २०८२ शुक्रबार

कोरोनाले झापाका एक पुरुषको मृत्यू

विराटनगर । विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापा दमक घर भएका ९२ वर्षीय पुरुषको विराटनगर स्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।
दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुने यी दोस्रो संक्रमित हुन् । यस अघि पनि झापामा नै एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

मृत्यु भएका बृद्धलाई कोरोना संक्रमण भएपछि गत २५ गते अस्पतालमा भर्ना गरिएको थियो । घरकै परिवारलाई संक्रमण भएपछि उनीसहित उनका अन्य चारजना आफन्त पनि अस्पताल भर्ना भएका थिए । सुगरका समेत बिरामी रहेका वृद्धको उपचारका क्रममा गएराती १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन एपोलो भगतले बताए । वृद्धको शव राती नै आफन्तको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार  ११ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]