बैशाख १२, २०८२ शुक्रबार

कतार प्रहरीका लागि माग आएको छैन : विभाग

विर्तामोड । सरकारले कतार प्रहरीका लागि कतारबाट माग नआएको भन्दै यस्ता गलत प्रलोभनबाट जोगिन सबैलाई आग्रह गरेको छ । कतार प्रहरीको रुपमा काम गर्ने गरी रोजगारीमा लैजाने भनी विभिन्न व्यक्ति तथा संस्थाले नेपाली नागरिकलाई प्रलोभनमा पारी राहदानी लगायतका कागजात संकलन गर्ने, अन्तवार्ता लिने तथा रकम माग गर्ने लगायतका अवैधानिक कार्य भइरहेको भन्दै वैदेशिक रोजगार विभागले यस्तो आग्रह गरेको हो ।

वैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा नेपाली कामदार पठाउने कार्य निरन्तर रुपमा भइरहे पनि कतार प्रहरीको लागि अहिले कतारस्थित नेपाली राजदुतावासबाट कुनै मागपत्र प्रमाणकिरण भई नआएको र विभागबाट अहिले कुने पनि पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको विभागका महानिर्देशक कुमार दाहालले नेपाल प्रेससँग बताए । ‘कतार प्रहरीको नाममा हुनसकने सम्भावित गठीबाट बच्न विभाग सबै सरोकारवालालाई पनि अनुरोध गर्दछ ।’ उनले भने ।

कुन–कुन गन्तव्य मुलुकमा के कस्तो कामका लागि कति संख्यामा कामदारको माग भई आएको छ, कुन–कुन इजाजतपत्रवाला संस्थाले यस विभागबाट पुर्व स्वीकृति प्राप्त गरेका छन्, तथा अन्तरवार्ता मिति तथा स्थान समेतको विवरण विभागको वेबसाइटमार्फत हेरेर एकिन गर्न सकिने विभागले जनाएको छ । आफु जान चाहेको मुलुक तथा कामको विवरण र आधिकारिकता यस विभागको वेबसाईटबाट एकिन गरी समभावित ठगी हुनबाट बच्न विभागले सबै सरोकारवालालाई आग्रह पनि गरेको छ ।

बैदेशिक रोजगारीमा नेपाली कामदार जाने विभिन्न गन्तव्य मुलुकमध्ये कतार पनि अग्र स्थानमा छ । वैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा नेपाली कामदार पठाउने कार्य भने निरनतर रुपमा जारी रहेको विभागले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]