निजी छोडेर टेलिकमको इन्टरनेट जोढ्ने बढे
विर्तामोड । नेपाल टेलिकमको इन्टरनेट ( नेटफाइवर ) जडानका गरेका बिर्तामोडस्थित भद्रपुर लाईनका सेवाग्राहीलाई २४ घण्टा दुख भयो । शुक्रवार दिउँसो देखि नेटफाइवरको इन्टरनेट काटिएको थियो । सो क्षेत्रका सेवाग्राहीले शनिवार त्यहि समयमा नेट सेवा पाएका छन् ।
बिर्तामोडको मुक्तिचोक क्षेत्रमा ढल सरसफाईका क्रममा जेसीभीले नेट विस्तार गरेको तार चुडाएको नेपाल टेलिकमका प्राविधिकहरुले जानकारी दिएका छन् । यसअघि सोहि ठाउँमा तार काटिएको थियो । निजी क्षेत्रको इन्टरनेट प्रदायक कम्पनीबाट असाध्यै दुख पाएका यहाँका ग्राहकले धमाधम टेलिकमको नेटफाइवर जडान गरिरहेका छन् । सुलभ मुल्यमा पाइने इन्टरनेट सेवा भए पनि नेपाल टेलिकमले विग्रिएको खण्डमा समयमै मर्मत नगरेको गुनासो प्रयोगकर्ताको छ । टेलिकमका प्राविधिकहरुका अनुसार अहिलेसम्म नेटफाइवरमा कुनै समसया आएको छैन । सडकको काम गर्दा चुढिएका तार तत्कालैदेखि मर्मत थालेका हुन्छौं, प्राविधिक भन्छन् ।
बिर्तामोडमा सेवा प्रदान गरिरहेका निजी इन्टरनेट कम्पनीहरुले शुल्क तिरेर बराबरको सुविधा नदिएको गुनासो आउने गरेको छ । ३० एमबीपीएस्को शुल्क दिएर २० एमवीपीएस समेत उपलब्ध नगराएको ग्राहकले आरोप लगाइरहेका छन् । वल्र्ड लिंकप्रति धेरै गुनासो आउने गरेको छ । निजी कम्पनीहरुको हद्का कारण नेपाल टेलिकमले देशभर एउटै शुल्कमा इन्टरनेट प्रदान गरिहरेको छ । निजी कम्पनीहरुले ठाउँ र ग्राहक अनुसार फरक–फरक शुल्क लिने गरेका छन् ।
नेपाल टेलिकम विर्तामोडका प्रमुख प्रशान्त तिवारीले विर्तामोड क्षेत्रमा २२ जनाले नेटफाइवर मार्फत नेट सेवा लिएको जानकारी दिएका छन् । उनले झापाको विर्तामोड, दमक, सुरुङा, भद्रपुर, चन्द्रगडी र धुलावारी क्षेत्रमा टेलिकमको इन्टरनेट सेवा विस्तार गर्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार कोभिड र सडक निर्माणले विस्तार कार्यमा अवरोध भइरहेको छ । काँकडभिट्टा क्षेत्रमा पनि तत्कालै सेवा विस्तारको तयारी भएको तिवारीको भनाई छ । टेलिकमले सबै ठाउँमा एउटै मुल्यमा सेवा प्रदान गरिरहेको बताएका छन् ।
टेलिकमको नेटमा समस्या हुँदा तत्काल किन समाधान गरिदैन भन्ने जिज्ञासामा उनले भने, ‘सडकमाथिको समस्या हँदा समय लाग्दैन । तर, ग्राउण्डभित्र समस्या भएमा समय लाग्न सक्छ ।’ उनले समस्या अनुसार सबै नेटमा उस्तै समय लाग्ने बताएका छन् ।
नेपाल टेलिकमको नेटफाइवर जडान गर्नेहरु अन्य कम्पनी छोर आउनेहरु धेरै भएको तिवारीको भनाई छ । उनका अनुसार टेलिकमले एमवीपीस् घटबढ नगर्ने बताए ।