बैशाख १२, २०८२ शुक्रबार

अस्पतालमा थपिँदै कोरोना संक्रमित

प्रदेश १, लुम्बिनीलगायत प्रदेशमा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ। यससँगै कोरोना विशेष अस्पतालमा संक्रमितहरू भर्ना हुन थालेका छन्।

प्रदेश १ को राजधानी विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा बिहीबार १ र शुक्रबार ५ जना भर्ना भएका छन्। सामान्य बेडमा ४ र आईसीयूमा २ जनाको उपचार भइरहेको छ। प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको यो अस्पतालमा आएका संक्रमितको उपचार थालिएको सामाजिक विकासमन्त्री उषाकला राईले बताइन्।

लुम्बिनी प्रदेशको बुटवल रामनगरस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा बिरामी थपिँदै गएका छन्। ‘केही समय अस्पतालमा बिरामी भएनन्। अहिले आईसीयूमा तीन जनाको उपचार भइरहेको छ’, लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले भने।

लुम्बिनी अस्पतालले सञ्चालन गरेको ‘फिबर क्लिनिक’मा स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितलाई राख्ने गरिएको छ। जटिल अवस्थाका बिरामीलाई आईसीयूमा भर्ना गर्ने गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रकाशित मिति : चैत्र २८, २०७७ शनिबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]