पत्रकार महासंघ झापाको अध्यक्षमा नेम्वाङसहित तीन जनाको उम्मेद्वारी दर्ता
विर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आसन्न निर्वाचनका लागि अध्यक्ष पद्मा विशाल नेम्वाङले मनोनयन दर्ता गरेका छन् । उनीसँगै अन्य दुई जनाले मनोनयन गरेको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला समितिको निर्वाचनका लागि उम्मेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । यस्तै खुल्ला उपाध्यक्षमा गोपाल झापाली सहित चार जना, महिला उपाध्यक्षमा दुई जनाले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै सचिवमा सुब्रत न्यौपाने, प्रेम आचार्य र डिकेश लामाले उम्मेद्वारी दर्ता गरेका छन् ।

सहसचिवमा खुल्ला तर्फमा विनोद सापकोटा, राजु पाठक, समावेशी सहसचिवमा देशराज नेम्वाङ, पार्थ मण्डल र अर्जुन राजवंशीले उम्मेद्वारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।यस्तै, कोषाध्यक्षमा रमेश तिवारी र रञ्जित प्रसाईको उम्मेद्वारी परेको छ । निर्वाचन समितिले ७४ जनाले जिल्ला कार्य समिति, प्रदेश परिषद् र केन्द्रीय परिषद्मा मनोनयन दर्ता गरेको जनाएको छ ।