बैशाख १२, २०८२ शुक्रबार

कालोपत्रे गर्न झापालाई १ अर्ब २५ करोड

विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका १ सय ६५ वटा रणनीतिक सडक मध्ये पाँच वटा झापामा परेका छन् । झापाका पाँचवटै निर्वाचन क्षेत्रमा १० किलोमिटरका दरले सडक निर्माण गरिने छ । यसका लागि १ अर्ब २५ करोड रुपैंया विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । हरेक सडकको लागत २५ करोड रुपैयाँ छ ।

मन्त्रालयले तयार पारेको सडकको सुची अनुसार प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह सितापुरी, रंगपुर स्कूलचौन, स्वामीचौक चप्रामारी दामुना हुँदै खजुरगाछी जोड्ने सडक निर्माण हुनेछ । यसैगरी झापा क्षेत्र नंम्बर १ का सांसद राम कार्कीले धुलाबारी भावनाचौक हुदै म्यागनेल्टार जाने सडक सिफारिस गरेका छन् ।

झापा २ की सांसद पवित्रा खरेलले विर्तामोडको मुक्तिचोकबाट शनिश्चरेरोडको कप्तानबारी चोक पुष्पलाल चोक बिहीबारे हाट खरबन्दी बुद्धचोक कालिस्थानबजार बुद्धशान्ती २ हुदै जयपुर बुधबारेसम्म जाने सडक सिफारिस गरेकी छन् ।

झापा ३ का सांसद राजेन्द्र लिङदेनले कचनकवल १ नं वडा कार्यलयबाट राजगढ बजार सिर्जना चोक हुँदै उत्तर बुधबारे जाने सडक सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।
क्षेत्र नं ४ का सांसद एलपी साँवा लिम्बूले शिवसतासी २ कमलपुरबाट प्रगति चोक १ इन्द्रेणी चोक प्रगति चोक २ सयपत्री चोक हिमाली चोक माङहिम मन्दिर हवल्दार चोक शिवगंज बजार धरहरा चोक प्रहरी चौकी सडक सिफारिस गरेका छन् ।

झापामा छनौटमा परेका हरेक सडकको लम्बाइ १० किलोमिटर छ । ‘सबै जोड्दा झापामा ५० किलोमिटर सडक निर्माणका लागि १ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक इन्जिनियरले भने ।

प्रकाशित मिति : चैत्र २२, २०७७ आईतबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]