बैशाख १२, २०८२ शुक्रबार

वीरता जेसीजद्वारा मल्टी च्याप्टर तालिम

बिर्तामोड । वीरता जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम अन्तर्गत पार्लियामेन्ट्री प्रोसिड्युर तालिम, नेतृत्व विकास कला , माइन्युट लेखन तालिम सम्पन्न भएको छ ।
जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता जिल्ला न्यायाधीश दिलकुमार बर्देवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रपम संयोजक वीरता जेसीजका अन्तर शाखा संयोजक जीवनकुमार खड्काले स्वागत गरेका थिए ।

नेपाल जेसीजको तालिम प्रतिष्ठानको प्राविधिक सहयोगमा भएको तालिम अन्तर्गत पार्लियामेन्ट्री प्रोसिड्युर तालिमको सहजीकरण प्रमुख प्रशिक्षक नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर दिपक शाक्य , नेतृत्व विकास कला र माइन्युट लेखन तालिमको सहजीकरण गोकुल सापकोटाले गरेका थिए ।

कार्यक्रममा झापा जिल्ला भरीका सबै शाखाका पदाधिकारी र वीरता जेसीजका पदाधिकारीहरु सहित एक सय २० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष अरुणकुमार दाहाल, महासचिव सिनेटर विकास मानन्धर, तालिम आयुक्त मनिस श्रेष्ठ , क्षेत्र ‘क’ निरुपित राष्ट्रिय उपाध्यक्ष रजनी थापा , भ्लग कोअर्डिनेटर सुमन तिम्सिना , पूर्व उपाध्यक्ष प्रशान्त भण्डारी, विशाल थापा, वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्र चम्लागाईं, सजेश शिवाकोटी , निवर्तमान अध्यक्ष मिजाश पोखरेललगायतको आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]