बैशाख १३, २०८२ शनिबार

बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार, उत्कृष्ट सहकारी घाेषणा

काठमाडौं – राष्ट्रिय सहकारी महासंघले पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने भएको छ ।

६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा महासंघले आयोजना गरेको विशेष कार्यक्रममा बाँस्कोटालाई सहकारी अभियानमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने भएको हाे ।

त्यसैगरी महासंघले उत्कृष्ट सहकारी पुरस्कार र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्ने संघ/संस्थाको नाम घोषणा गरिएको छ । महासंघले हरेक बर्ष राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पुरस्कृत हुने संघ/संस्थाको नाम घोषणा गर्दछ र अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने गर्दछ ।

उत्कृष्ट सहकारी पुरस्कार २०७७ बाट यस बर्ष चितवन जिल्ला सहकारी संघ सम्मानीत हुने भएको छ । त्यसैगरी सातै प्रदेशका सहकारी संस्थाहरुलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिदै आएको छ । जसअन्तर्गत प्रदेश १बाट कामधेनु दुग्ध विकास सहकारी संस्था लि. इटहरी पुरस्कृत भएको छ । प्रदेश २ बाट त्रियुगा सहकारी संस्था फतेपुर, बागमती प्रदेशबाट महिला सना किसान कृषि सहकारी संस्था लि. पुरस्कृत हुने घोषणा गरिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशबाट दुम्सी दुग्ध उत्पादन सहकारी संस्था लि. तनहु, लुम्बिनी प्रदेशबाट हाम्रो मध्यवर्दी राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. बर्दिया र कर्णाली प्रदेशबाट दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. मुगु पुरस्कृत भएको हो ।

त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकराी संघ लि. मकवानपुरकी व्यवस्थापक सुमित्रा वाइवा पुरस्कृत हुने घोषणा गरिएको छ ।

प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]