बैशाख १३, २०८२ शनिबार

झापामा ५१ जनाले लिए वैवाहिक अंगिकृत नागरिकता

विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाबाट ६ महिनामा ५१ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । नेपालीसँग विवाह गरेर आउने ५१ जना विदेशी महिलाले नेपाली नागरिकता लिएका हुन् ।

०७७ साउनदेखि पुस मसान्तसम्मको कार्यप्रगति सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले ६ हजार ३ सय ४७ जनालाई बंशजको आधारमा नागरिकता दिएको उल्लेख गरेको छ । यस्तै, ३ हजार ९ सय ४६ जनाले प्रतिलिपि लिएका छन् । बैवाहिक अंगिकृत तर्फ ३२ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन् भने ६ जनाले जन्मसिद्धको नागरिकताको प्रतिलिपि बनाएको जिल्ला प्रशासनले जनाएको छ । जन्मको आधारमा १६८ जनाले प्रतिलिपि लिएका हुन् ।

सो अवधीमा जिल्ला प्रशासनबाट २९ सय ६१ जनाले राहदानी बनाएका छन् । नावालक परिचय पत्र ९४ जारी गरिएको छ भने १५३ वटा संघसंस्था दर्ता भएका छन् । ४ सय ३० वटा संघसंस्था नविकरण गरिएको उल्लेख गरिएको छ ।

झापामा श्रवणकुमार तिमिल्सिना प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएपछि सूचना सार्वजनिकिकरणमा चुस्त देखिएको छ । उनले कार्यालयमा उपस्थित भएदेखि दैनिक काम कारवाही समेत सार्वजनिक गर्दै आएका छन् । हरेक दिन उपलब्ध गराएको सेवाको विवरण र संकलित राजश्व समेत जिल्ला प्रशासनको फेसवुकबाट सार्वजनिक गर्ने गरिएको छ ।

प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]