बैशाख १४, २०८२ आईतबार

प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ पुरुष र ६ महिलाको रिपोर्ट पाजेटिभ आएको हो ।

प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २९ हजार ७९७ जना डिस्चार्ज भएका छन् । ४४ जना आईसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४६६ जनाको मृत्यु भएकोे छ । प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८५३ लाई लगाईएको छ ।

प्रकाशित मिति : चैत्र ११, २०७७ बुधबार  ५ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]