मादक पदार्थ सेवन गर्ने चालक विरुद्ध मुद्धा
विर्तामोड । मादक पदार्थ सेवन गरी सार्वजनिक बस चलाउने चालक विरुद्ध मुद्धा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले उर्लावारी –४ का ४५ वर्षीय मोहनलाल राई विरुद्ध मुद्धा दर्ता गरेको छ । राई विरुद्ध अभद्र मुद्धा दर्ता गरिएको झापा प्रहरीले जनाएको छ ।
गत आइतवार चेकजाँचका क्रममा राईले मादक पदार्थ सेवन गरेको भेटिएको थियो । झिलझिले प्रहरी र ट्राफिक प्रहरीले चेकजाँच गरेका थिए । राई मे १ ख २६२९ को यात्रु बाहक बसका चालक हुन् । उनलाई ५ दिनको म्याद थप गरी आवश्य कारवाही थालिएको छ ।