बैशाख १४, २०८२ आईतबार

झापाका क्वारेन्टाइन र आइसोलेशन तयारी अवस्थामा राख्न निर्देशन

विर्तामोड । कोरोना संक्रमण कम भएपछि बन्द गरिएका झापाका क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई फेरि तयारी अवस्थामा राख्ने निर्णय भएको छ । मंगलवार जिल्ला कोभिड– १९ विपद् ब्यवस्थापन केन्द्र झापाको बैठकले जिल्लामा पहिले सञ्चालनमा रहेका क्वारेन्टाइन र आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

संघीय सरकारको निर्देशन अनुसार कोभिड १९ को जोखिम नियन्त्रणका लागि ६ बुँदे निर्णयहरु गरेको प्रजिअ तिम्सिनाले बताए । ‘जुनसुकै बेला क्वारेन्टाइन र आइसोलेशन केन्द्रको प्रयोग गर्नुपर्ने हुन सक्छ त्यसैले तयारी अवस्थामा राख्न स्थानीय तहलाई अनुरोध गरेका छौं ।’ प्रजिअ तिम्सिनाले भने । उनले सञ्चालनको तयारी गर्न पनि केही समय लाग्छ त्यसैले बैठकले तयारी राख्ने निर्णय गरेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने जो कोहीलाई अनिवार्य स्वास्थ्य परिक्षण गरेर मात्रै प्रवेश गर्न दिने र नेपाल प्रवेश गर्ने सबैको अभिलेख राख्ने ब्यवस्था गरिएको छ ।
बैठकले कोभिड १९ संक्रमणको अवस्थालाई ध्यानमा राखी नजिकै आइरहेको पर्वमा समेत भिडभाड नगर्न नगराउन सबैलाई अनुरोध गरेका छ । त्यस्तै अनिवार्य मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन समेत पनि सबैलाई अनुरोध गरेको प्रजिअको भनाई छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको र खुला सिमानाका कारण नेपालमा पनि उच्च जोखिम देखिएकाले संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक सावधानी सहितका निर्णयहरु गरिको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र ११, २०७७ बुधबार  ६ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]