एमालेको विर्तामोड अध्यक्षमा ओली, सचिवमा भट्टराई
विर्तामोड । नेकपा एमाले विर्तामोड नगर कमिटीको कार्यसमितिलाई सपथ ग्रहण गराइएको छ । सर्वोच्चको फैसला पछि बनेको नगर कमिटीका अध्यक्ष, सचिव सहित सदस्यहरुलाई पार्टीका केन्द्रीय सदस्य हरि राजवंशीले सपथ खुवाएका छन् ।
नयाँ बनेको कमिटीमा अध्यक्ष उमानाथ ओली र सचिवमा सुवास भट्टराई रहेका छन् । यसअघि अध्यक्षमा ज्ञानुराम प्रसाई थिए ।
सोमबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा १ सय ५१ सदस्यीय नगर कमिटी, वडाध्यक्ष , सचिव, वडाका इञ्चार्ज र सहइञ्चार्जले सपथ ग्रहण गरेका छन् ।
नेकपा विभाजनका बेला प्रसाई प्रचण्ड – माधव समूहतिर लागेका थिए । सोहि बेला ओलीलाई अध्यक्ष बनाइएको थियो । ओली एमालेका पुराना नेता एवम् प्राज्ञिक क्षेत्रका अगुवा समेत हुन् ।