बैशाख १४, २०८२ आईतबार

यो वर्ष पनि झापा गोल्डकप नहुने

विर्तामोड । मोफसलको ठुलो फुटवल प्रतियोगिता झापा गोल्डकप यो वर्ष पनि नहुने निश्चित भएको छ । गत वर्ष पनि कोरोनाको महामारी कै कारण गोल्डकप आयोजना गरिएको थिएन । पूर्व नेपालको सर्वाधिक राशीको झापा गोल्डकपले फुटबलको क्रेजलाई माथि उठाएको थियो ।

हरेक वर्षको अन्त्यमा आयोजना गरिने झापा गोल्कपका दुई संस्करण खेह्र गएका छन् । कोभिडले गर्दा आयोजक यस वर्ष पनि प्रतियागिता नगर्ने निधोमा पुगेको छ । केहि दिनपछि बस्ने बैठकले गोल्डकप नगर्ने निर्णय गर्दैछ ।

झापा गोल्डकपमा महासचिव गजेन्द्र पौडेलले फुटवल आयोजना गर्ने वातावरण नभएको बताए । उनले अन्य कारण नभई कोरोना नै मुख्य कारण भएको जानकारी दिए । उनका अनुसार गोल्डकप आयोजना गर्न करिव डेढ करोड खर्च लाग्ने गरेको छ । आयोजनाका लागि सबै रकम विभिन्न क्षेत्रबाट सहयोग संकलन गरिदैं आएको थियो । महासचिव पौडेलले भने, ‘कोरोनाले आर्थिक क्षेत्र प्रभावित छ । यसैले कोहिसँग पनि सहयोग संकलन गर्न सकिने वातावरण छैन । सहयोग विना गोल्डकप पनि आयोजना गर्न गाह्रो छ ।’

यसअघि झापा गोल्डकपको पाँचौं संस्करण पुरा भइसकेको छ । आगामी वर्ष पक्कै आयोजना गरिने छ, पौडेलले भने । एन्फाले पनि तालिका नबनाएको पौडेलको भनाई छ । विराटनगरमा विराट गोल्डकप हुँदैछ । रात्री समयमा आयोजना हुने गोल्कपमा झापा –११ सहभागी नहुने भएको छ । अहिले झापा –११ सि डिभिजन खेलिरहेको पौडेलले जानकारी दिए ।

पौडेलले कोभिडले देशको अर्थतन्त्रलाई प्रभावित बनाएका कारण खेल खेलाउन नसकिएको फुटवल प्रेमीहरुलाई जानकारी दिएका छन् । उनले आगामी वर्ष सार्क स्तरीय आयोजना गर्ने गरी सोच बनाइएको बताए ।

झापा–११ ले विभिन्न कम्पनी, संघ संस्थाको सहयोगमा ११ जना खेलाडीलाई अनुबन्धित गरेको थियो । अनुबन्धित गरे पनि कोरोनाका कारण पूर्ण व्यवस्थापन गर्न समस्या भएको छ । उपलब्ध सुविधालाई उचित रुपमा वितरण गरिरहेको झापा –११ फुटवल क्लवमा सदस्य पौडेलले बताएका छन् । क्लवले २१ जना खेलाडी र ३ जना अफिसियलको व्यवस्थापन गर्दै आएको छ ।

झापा –११ का अध्यक्ष एवम् संरक्षक जल कुमार गुरुङले जीवनभन्दा ठुलो मनोरञ्जन नभएको बताए । उनले भने, अहिले जीवन जोगाए, भविष्यमा मनोरञ्जन लिन सकिनेछ । कोभिडको जोखिमकै कारण गोल्डकप आयोजना नगरिएको उनले थपे ।

प्रकाशित मिति : चैत्र ९, २०७७ सोमबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]