विर्तामोडबाट १४० ग्राम लागुऔषधसहित चार पक्राउ
विर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसतिह ४ जनालाई पक्राउ गरेको छ । आज साढे ४ बजे विर्तामोड प्रहरी र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले विर्तामोड–३ उनीहरुलाई पक्राउ गरेको हो ।
झापा प्रहरीका प्रवक्ता राकेश थापाका अनुसार कचनकवल–६ का ३५ वर्षीय पञ्चानन्द राजवंशी, ७ का हेमनारायण राजवंशी, उर्लावारी–६ का विष्णु पोद्दार र १६ वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ६० ग्राम एमफेटामाइन र ८० ग्राम ब्राउन सुगर बरामत गरिएको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुलाई म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको छ ।