बैशाख १४, २०८२ आईतबार

सङ्क्रमण बढ्याे, भिडभाड हुने कार्यक्रम नगराैँ : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सभा, जुलुस, गोष्ठीलगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।

केही दिनयता छिमेकी देश भारतलगायत देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र सर्तकता अपनाउन आवश्यक रहेको पनि मन्त्रालयले जनाएको छ । 

भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ ।

मन्त्रालयले आइतवार विज्ञप्ति निकालेर मास्ककाे अनिवार्य र उचित प्रयाेग गर्न तथा साबुन पानी राम्राेसँग हात धुने वा स्यानिटाइजरकाे प्रयाेग गर्न आग्रह गरेकाे छ । 

‘मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना गरी काेभिड–१९ काे सङ्क्रमण राेकथाममा सहयाेग गर्न सराेकारवाला सबैमा अनुराेध छ’,​ विज्ञप्तमा भनिएकाे छ ।

प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]