बैशाख १५, २०८२ सोमबार

इलाममा अनौठो रोगले चार दिदीबहिनी बिरामी

इलाम । अनौठो रोगका कारण यहाँको एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् ।  होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाट पीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् । 

नैनकला गत पुसदेखि नै यस्तो खालको रोगबाट पीडित छन् । ‘उपचारका लागि इलाम अस्पताल, झापा हुँदै काठमाडौँसम्म लगियो बिराम केही पत्ता लागेन’ आमा उमाले गहभरी आँशु पार्दै भनिन्, ‘बुढेसकालका साहारा छोरी नै यसरी बिरामी भएपछि कसरी बाँचु ।’ 

घरमा रोगले छोरीलाई चापेपछि बुबा होमबहादुरले दुई जनालाई उपचारमा लगेका थिए । उपचार गराउँदा समेत रोग पत्ता नलागेपछि घर नै लिएर आउँदै छन् । सबै एकैपटक बिरामी हुँदा थाम्न समेत मुस्किल पर्छ । यथार्थमा के हो भन्ने कुरा पत्ता नलाग्दा समस्या जटिल बनेको वडाध्यक्ष टेकवीर नेम्वाङ बताउँछन् ।

प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]