विर्तामोडमा ८१ हजारलाई औषधी खुवाउने
बिर्तामोड । बिर्तामोड नगरपालिकाले ८१ हजारभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएके छ । चैत २० गतेदेखि ९ दिनसम्म संचालन हुने हात्तीपाइले रोगविरुद्धको अभियानका बारेमा जानकारी दिन शुक्रबार बिर्तामोडमा नगरपालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठी आयोजना गरिएको थियो ।
बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य शाखाका दीपक सापकोटाले वडा नं १ मा २०४६ घरधुरीका ८ हजार ७३ , २ का २११२ घरधुरीका ९ हजार ३८९ , ३ का १९३३ घरधुरीका ८ हजार ६२० , ४ का २६१० घरधुरीका १० हजार ९७० , ५ का ४४७४ घरधुरीका १७ हजार ८२३ , ६ का १२१८ घरधुरीका ५ हजार २९३ , ७ का १३३० घरधुरीका ६ हजार २०० , ८ का १०९६ घरधुरीका ५ हजार ९५९ , ९ का ९०८ घरधुरीका ४ हजार १८७ र वडा नं १० का १३९१ घरधुरीका ६ हजार ३६८ गरी ८१ हजार ८७८ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने लक्ष्य रहेको जानकारी दिए ।
उनले अभियानलाई सफल बनाउन नगरभरि ५० जना स्वास्थ्यकर्मी र ३० जना स्वयंसेविकालाई ९ दिनसम्म परिचालन गरिने जानकारी दिए । कार्यक्रममा बोल्दै नगर प्रमुख धु्रवकुमार शिवाकोटीले हात्तीपाइलेविरुद्धको औषधी खुवाउने अभियानलाई जिल्लाभरिमा बिर्तामोडमा उत्कृष्ट बनाउन आव्हान गरे । उनले वडा र नगरमा रहेका सबै संघसंस्थाहरुसँग समन्वय गरेर अभियानलाई सफल पार्न आग्रहसमेत गरे ।