बैशाख १५, २०८२ सोमबार

आज एमाले संसदीय दल र केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

संसदीय दलको विधान संशोधन गर्ने तयारी छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दलको विधान २०७२ कै छ, जसमा भएका कतिपय व्यवस्था नयाँ संविधानअनुसार मिलाउनुपर्नेछ ।

संसदीय दलको विधान संशोधन केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्नुपर्ने सचेतक भट्टराईले जानकारी दिए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने सहभागी नहुने भएको छ ।

प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]