महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानूनी सल्लाहकार महान्यायाधिवक्ताका वरिष्ठ अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गर्नुभएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको शीतल निवास स्रोतले जनाएको छ । अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।