बैशाख १५, २०८२ सोमबार

महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा

काठमाण्डाै – महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । केहीबेर अगाडि उहाँले पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको जानकारी दिनुभएको हो ।

संसद विघटनको मुद्दामा सर्वाेच्च अदालतले संसद् पुनर्स्थापनाकाे फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली खरेलसँग असन्तुष्ट हुनुुहुन्थ्यो । 

उहाँले आफूले बोलेका केही कुरा विवादास्पद भएको भन्दै आफूले गलत मनसायले नबोलेको प्रस्ट पार्नुभयो । रुकुम पश्चिम लगायतका कतिपय घटना वास्तविक रिपोर्टमा भएजस्तो मिडियामा नआएको र मिडियामा आएका सबै कुरा वास्तविक नभएको उहाँले बताउनुभयो । तीन वर्षको अवधिमा आफूले निक्कै महत्त्वपूर्ण काम गरेको उहाँको भनाइ छ ।

३७ महिनामा ३९ वटा भवन उद्घाटन र ११ वटा शिलान्यास गरेको खरेलले जानकारी दिनुभयो ।  पूर्व कानुनमन्त्रीसमेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ सालमा महान्यायाधिवक्ता नियुक्त गर्नुभएको  थियो । 

प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार  २ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]