बैशाख १६, २०८२ मंगलबार

मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता, आजदेखि नामावली सङ्कलन

काठमाडौं । पछिल्लो अद्यावधिकबाट मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ । गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो ।

मुलुकभर १० हजार ६६० मतदान स्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको छ ।

मतदाता नामावली ऐनमा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्थाअनुसार गत पुस ६ गतेदेखि स्थगन गरिएको थियो । आयोगका अनुसार स्थगन भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य अब बिहीबारदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य सञ्चालन हुनेछ ।

प्रकाशित मिति : चैत्र ५, २०७७ बिहीबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]