बैशाख १६, २०८२ मंगलबार

पद हस्तान्तरणको विषयले विर्तामोड वाणिज्य संघमा विवाद

विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको पद हस्तान्तरणको विषयलाई लिएर विवाद शुरु भएको छ । लोकतान्त्रिक व्यवसायी प्यानलको निर्वाचन परिचालन समितिले सूचना सार्वजनिक गरेर चैत ६ गतेलाई पद हस्तान्तरणका लागि आव्हान गरेपछि चौतर्फी विरोध शुरु भएको हो ।

नवनिर्वाचित समितिलाई कुमार भट्टराई अध्यक्ष रहेको अघिल्लो समितिले बकैदा बैठकबाट निर्णय गरेर पद हस्तान्तरण कार्यक्रम आयोजना गर्नुपर्ने आवाज उठेको छ । संघका पूर्व अध्यक्ष बलराम कार्कीले संघको कार्यसमितिले पद हस्तान्तरणका बारेमा कुनै निर्णय नगरेको सामाजिक सञ्जालमै लेखेका छन् । उनले एउटा समूहको निर्वाचन परिचालन समितिले पद हस्तान्तरण कार्यक्रमबारे मिति तय गर्नु बेठिक भएको कार्कीको भनाई छ । उनले भनेका छन्, अर्को समूह (संयुक्त व्यवसायिक प्यानल ) ले अर्को मिति तोक्यो भने के हुन्छ ?

वाणिज्य संघको पद हस्तान्तरण गर्न हालसम्मको हरहिसाव समेत बुझाउनुपर्ने हुन्छ । भट्टराईको समितिले हरहिसाव नबुझाई पद हस्तान्तरण खोजेको व्यवसायिले आरोप लगाएका छन् । सो समितिका सचिव रविन्द्र भट्टराईले पद हस्तान्तरणका लागि समितिले कुनै निर्णय नगरेको बताएका छन् । उनले समितिभन्दा बाहिरको निर्णय बाध्यकारी नहुने प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष कुमार भट्टराईले ६ गते पद हस्तान्तरण गर्ने बारे निर्णय नै निर्यण भएको इजलाससित बताए । उनले बजारमा के–के कुरा आइरहेको छ भन्ने बारे आफु जानकार नभएको बताएका छन् ।
संयुक्त व्यवसायिक प्यानलका अध्यक्षका उम्मेद्वार सुवास भट्टराईले सहमति सहकार्य र एकतामा संघलाई अघि बढाउनुपर्ने बताएका छन् । उनले पेलेर जान खोजे दुर्घटना हुन सक्ने चेतावनी दिए ।

प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार  १० : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]