बैशाख १६, २०८२ मंगलबार

बिर्तामोड १० ले जित्यो वडास्तरीय फुटबलको उपाधि

बिर्तामोड । बिर्तामोड वडा नं. १० ले दोस्रो वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नगरपालिकामा संचालित वडास्तरीय फुटवलको मंगलबार भएको फाइनल खेलमा वडा नं ४ लाई टाइबे्रकरमा ३ का विरुद्ध ४ गोलले पराजित गरी वडा नं १० ले उपाधिसँगै ७० हजार नगद पुरस्कार जितेको हो ।

उपविजेता वडा नं ४ ले नगद ५० हजारमा चित्त बुझाउनु परेको छ । निर्धारित समयमा दुवै टीमबाट कुनै पनि गोल हुन नसकेपछि टाइब्रेकर खेलाइएको थियो । नगर खेलकुद विकास समितिको आयोजनामा वडा न.७ स्थित शहीद नेत्र पार्क खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको थियो ।

गत फागुन २८ गते प्रतियोगिता शुरु भएको नगर खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाले जानकारी दिएका छन् । प्रत्येक वडाका एक–एक गरी १० वटा टिमले सहभागिता जनाएका थिए । विजेता तथा उपविजेता टीम र खेलाडीहरुलाई राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी , प्रदेश सांसद एकराज कार्की र नगर प्रमुख धु्रवकुमार शिवाकोटीले पुरस्कार , शिल्ड, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए । विजेता तथा उपविजेता टीमसँगै अन्य ६ वटा विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष संग्रौलाले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]