बैशाख १६, २०८२ मंगलबार

हनुमान सेन्ट्रलको आगो नियन्त्रण (फोटो फिचर)

विर्तामोड । विर्तामोडको हनुमान सेन्ट्रलमा लागेको आगो लगभग नियन्त्रण भएको छ । बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकलले आगो निभाएको छ ।


आगलागी शुरु हुँदा धँुवाको मुस्लोले भित्र छिर्न नसकेका सुरक्षाकर्मी र बारुण यन्त्रका कर्मचारी आगो शुरु भएको जुत्ता पसलमै पुगेर आगो निभाइरहेका छन् । भुँइतल्लाको जुत्ता पसलबाट शुरु भएको आगोका कारण बिर्तामोड धुवाधुवा भएको थियो । आगो नियन्त्रण नजिक आइसकेको बिर्तामोडका डिएसपी मोहन थापाले जानकारी दिएका छन् । उनका अनुसार अब, खतरा छैन । लगभग नियन्त्रण भइसक्यो ।


सुरक्षाकर्मी , स्थानीयवासी, व्यापारी र बारुणका कर्मचारीको सक्दो प्रयासले हनुमान सेन्ट्रलमा आगो फैलिन पाएन । आगो लागेको ठाउँ अप्ठ्यारो भएकाले शुरुमा नियन्त्रण समस्या भएको थियो । सुरक्षाकर्मीका अनुसार एउटा जुत्ता पसल पूर्ण रुपमा क्षति भएको छ । नजिकका पसलबाट आर्मीको सहयोगमा सामान निकालिका छन् । अहिले आगो लागेको नजिकै आगोका झिल्का रहन सक्ने भएकाले खोजीको प्रयास जारी छ ।

प्रकाशित मिति : श्रावण ११, २०७६ शनिबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]