बैशाख १६, २०८२ मंगलबार

विर्तामोडको हनुमान सेन्ट्रलमा लागेको आगो निभाउन प्रयास जारी

विर्तामोड । झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा लागेको आगो निभाउने प्रयास जारी छ । धँुवाको मुस्लोका कारण बारुण यन्त्रका कर्मचारी भित्र छिर्न सकिरहेका छैनन् ।


बिर्तामोड नगरपालिकाको दमकल पछि अहिले मेचीनगरको दमकल पनि आइसकेको छ । ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ । मलको तल्लो तलामा लागेको आगो निभाउन सकस देखिइरहेको छ ।


मलका व्यापारीका अनुसार विधुत सर्ट भई आगो लागेको हो । तल्लो तलामा रहेको जुत्ता पसलबाट आगलागी शुरु भएको बुझिएको छ ।
आगो निभाउन स्थानीय सहित सुरक्षाकर्मी खटिरहेका छन् । आगलागीका कारण बिर्तामोड बजार क्षेत्र धुँवामय भएको छ ।

प्रकाशित मिति : श्रावण ११, २०७६ शनिबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]