बैशाख १६, २०८२ मंगलबार

चीनका ८ विमानस्थल नेपाली जहाजका लागि खुला

काठमाडौं, ११ साउन– चीनले आफ्ना थप ८ विमानस्थल नेपालका लागि खुला गरेको छ । योसँगै चीनले १५ वटा विमानस्थल नेपाली विमानका लागि खुला गरेको हो । चीनले यसअघि ७ वटा विमानस्थल नेपालका लागि खुला गरेको थियो ।

चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो । नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा गएको टोलीले सम्झौता पुनरावलोकनमा हस्ताक्षर गरेको हो ।

संझौता पुनरावलोकन दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पु¥याइएको छ ।

द्धिपक्षीय वार्ताका क्रममा चीनले नेपाली कम्पनीलाई यथाशक्य उडान बिस्तारमा सहजिकरणको प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

प्रकाशित मिति : श्रावण ११, २०७६ शनिबार  १० : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]