बैशाख १६, २०८२ मंगलबार

मुख्यमन्त्री कप विजेता खेलाडीलाई सम्मान

बिर्तामोड । प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको च्याम्पियन झापाको सैनिक फुटबल क्लवलाई विर्तामोड नगरपालिकाले सम्मान गरेको छ ।

महेन्द्र रत्न माविको सभाकक्षमा आयोजित कार्यक्रमका विच सैनिक फुटबल क्लव सम्वद्ध खेलाडी र प्रशिक्षकलाई आज सम्मान गरेको हो ।
नगर खेलकुद विकाश समितिका अध्यक्ष टिका सङ्ग्रौलाको सभापतित्व र उपमेयर पवित्रा महतरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै झापा गोल्डकपका संरक्षक जल कुमार गुरुङले प्रभावकारी योजनाले मात्र खेलकुदको विकास हुने धारणा राखेका छन् । केशब भण्डारीले स्वागत मन्तव्य राखेको सम्मान कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष दुर्योधन गुरुङ , राजेन्द्र लिङ्देन र भोजराज सिटौलाले खेलाडीको व्यवसायिक जीवनको सुरक्षा अनिवार्य हुनुपर्ने बताएका छन् ।
वक्ताहरुले सिमित श्रोतका बावजुद सैनिक क्लवको उपलव्धी प्रति प्रशंसा व्यक्त गरेका थिए । खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रममा उपमेयर प्रसाईले खेल र खेलाडिको स्तर वृद्धिका लागि आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिइन् । यसअघि सैनिक युथ क्लवका खेलाडिलाई वार्ड नं. १० कार्यालयबाट स्वागत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : श्रावण १०, २०७६ शुक्रबार  ५ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]