बैशाख १६, २०८२ मंगलबार

यस्ताे छ , आईतबारसम्मकाे माैसम्

मौसम विश्लेषण (Meteorological Analysis):

 मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough)  नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ। 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

 श्रावण १० गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ | देशको पहाडि तथा तराई भेगका एक- दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ | देशको पहाडि तथा तराई भेगका एक -दुई स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।

श्रावण १ गते (शनीबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ । 

 राती:  देशभर आंशिक  देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ | 

श्रावण १ गते (आईतबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ । 

 राती:  देशभर आंशिक  देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ | 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका पहाड तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र र पहाडि भु-भागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

प्रकाशित मिति : श्रावण १०, २०७६ शुक्रबार  १ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]