२२ वटा गोरु नियन्त्रण, गोरु धपाउने फरार
बिर्तामोड । भारत निकासी गर्न लागेको २२ वटा गोरु नियन्त्रणमा लिइएको छ । वडा प्रहरी कार्यालय भद्रपुरले नेपालबाट भारत तर्फ लैजादैं गरेको गोरु आज मध्यान्न तिर नियन्त्रणमा लिएको हो ।

भद्रपुर नगरपालिका–३ दशगजा क्षेत्रबाट भारत निकासी गर्न लागेको गोरु नियन्त्रणमा लिए पनि प्रहरीको टोलीले निकासी गर्ने व्यक्तिलाई पक्राउ गर्न सकेन ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलिलाई देखेर गोरु धपाउनेहरु फरार भएको प्रहरीले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका गोरु भद्रपुर भन्सार कार्यालयमा बुझाएको जनाएका छन् ।