यस्ताे छ, शनिवारसम्मकाे माैसम
मौसम विश्लेषण (Meteorological Analysis):

अब मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भाग भन्दा अझ दक्षिण तिर सर्ने देखिन्छ जसको कारणले मनसुनी गतिविधि कम सक्रिय हुदै जाने देखिन्छ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशभर सामान्य बदली भई देशका पुर्व र पश्चिमका केहि स्थानहरुमा वर्षा भईरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण ९ गते (बिहीबार)
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण १० गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ | देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारीको सम्भावना छ ।
श्रावण ११ गते (शनिबार)
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।
राती: देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र, नहर तीर सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।
www.mfd.gov.np