वाढी पीडित ३२ परिवारलाई राहत
भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भद्रपुर वडा नम्बर –८ वडा कमिटीले आज ३२ परिवारलाई राहत वितरण गरेको छ ।

वडा कमिटीका इन्चार्ज महेन्द्र खतिवडा र वडा कमिटीका अध्यक्ष गुरु सुवेदीको अगुवाईमा वडा नम्बर ८ स्थित सुकुम्बासी टोलमा गएको टोलीले वाढी पीडित ३२ परिवारलाई राहत वितरण गरेको हो ।
पीडित परिवारलाई चिउरा चाउचाउलगायतका तत्काल राहत वितरण गरेको वडा नम्बर ८ का कार्यालय सदस्य केशव पोखरेलले बताए ।
सुकुम्बासी टोलका ३२ परिवारको घर आगनमा पानी पसेर विचल्नी अवस्थामा रहेको पोखरेलले जानकारी दिएका छन् ।