मन्दिर नजिकै घाँटी रेटेर हत्या
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान घाँटी रेटेर एक जनाको हत्या भएको छ ।

भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटेर हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको प्रहरी नायब उपरीक्षक फुयाँलले बताएका छन् ।
हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।