अदुवा खोलामा १२ वर्षीय बालक बेपत्ता
बिर्तामोड । झापामा मंगलवार वेपत्ता भएका बालक अझै भेटिएका छैनन् । साथीहरुसँग पौडी खेल्न गएका १२ वर्षीय बालक विजय खड्का बेपत्ता भएका हुन् ।

बाह्रदशी गाउँपालिका – ३ प्रतिमा चोक पूर्वमा रहेको अदुवा खोलामा बालक पौडी खेल्न गएका थिए । सबै साथीहर फर्किए पनि विजय नफर्किएको सुरक्षाकर्मीले जानकारी दिएका छन् ।
मंगलवार दिउँसो २ बजे पौडी खेल्न गएका ति बालक पौडी खेल्ने क्रममा बेपक्ता भएको अनुमान गरिएको छ । उनको स्थानीय प्रहरी, शसस्त्र प्रहरी र स्थानीयबासीले खोजी गरिरहेका छन् ।
खोलाको डिलमा बालकले लगाएको कपडा र चप्पल फेला परेको छ ।