प्रदेश १ सरकारले विपदमा ज्यान गुमाउनेको परिवारलाई दुई लाख रातह दिने
विर्तामोड । प्रदेश १ सरकारले बाढि पहिरोमा ज्यान गुमाउनेको परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारका अर्थमन्त्री मौसम आङवो लिम्बूले मन्त्रीपरिषद्को निर्णयले प्रदेश १ मा बाढि र पहिरोमा ज्यान गुमाउने परिवारलाई दुई लाख रुपैयाँ सहयोग स्वरुप राहत दिने निर्णय भएको जानकारी दिए । प्रदेश मन्त्रीपरिषद बैठकको निर्णय अनुसार घाइतेको सरकारी अस्पतालमा उपचार गराए सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने छ ।
घाइतेको नीजि अस्पतालमा उपचार गरे बढिमा ५० हजार रुपैंया प्रदेश सरकारले भुक्तानी गर्ने मन्त्री आङवोले जानकारी दिए ।
प्रदेश सरकारले अविरल बर्षाको कारण गएको बाढी, पहिरो र डुबानबाट भएको ठुलो जनधनको क्षति प्रति दुख ब्यक्त गर्दै उद्वार, राहत, पुनस्थापना र बेपत्ताको खोजिको निम्ति सबै पक्षसँग अपिल गर्ने निर्णय गरेको छ ।