बैशाख १६, २०८२ मंगलबार

एनएमसीकाे छैटौं कार्यकाल : अध्यक्षमा निरन्तर उप्रेती

काँकरभिट्टा । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले सहकारी ऐेन २०७४ संशोधनको तयारीमा रहेको बताएका छन् । सहकारीकर्मीहरुले सोचे अनुुसारको बनाउन नसकिएकाले संशोधन गर्न सकिने बताएका हुन् । छलफल नभएका कुराहरु ऐनमा आएको र केही केही मानिसहरु सहकारी कमजोर बनाउन लागेको उनले दावी गरे ।

आइतबार झापाको विर्तामोडमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रममा बोल्दैं पूर्र्वमन्त्री समेत रहेका वडालले ऐनमा कतिपय कुरा छुटेकाले सच्याउनका लागि संशोधन गर्न सकिने विचार राखे ।

उनले सम्बन्धित मन्त्रालयसँग यस विषयमा छलफल भइरहेकाले देशभरका सहकारीकर्मीहरुसँग छलफल गरेर के–के संशोधन गर्ने भन्ने विषयमा महासंघ लागि परेको र यस विषयमा सुझाव संकलन भइरहेको जानकारी दिए ।
अध्यक्ष वडालले २०४८ को सहकारी ऐनले जागरण ल्याएको भन्दैं जहाँ बढी सहकारी संस्था छन् त्यहा विभेद कम हुने स्पष्ट पारे । जात, वर्ग, धर्म, लिंग संस्कृतिका आधारमा विभेद गर्ने मान्छे कहिल्यै पनि सहकारीकर्मी हुन नसक्ने उनको भनाई थियो ।

उनले दीगो विकास लक्ष्य सहकारीको मुल्य, मान्यतासँग गासिएकाले यो लक्ष्य प्राप्तिका लागि यो देशका सहकारीहरुको भूमिका उल्लेखनिय हुनुपर्ने बताउँदै यसमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले ठुलो टेवा पुर््याउने विश्वास व्यक्त गरे । एनएमसीले राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा आफुलाई सवल र सक्षम सहकारीकारुपमा चिनाउन सफल भएकाले धेरै सहकारकिा लागि यो उदाहरणीय भएको बताए ।

उद्यमशीलता, स्थानीय स्रोत साधन परिचालन आधारभूत आवश्यकता रहेको भन्दैं अध्यक्ष वडालले बाढी पहिरो पीडितहरुलाई सहयोग पुर्याउन र उद्घारका लागि जुट्न सवै सहकारीकर्मीहरुलाई आग्रह गरेका छन् ।

अध्यक्ष वडालको उपस्थितीमा सहकारी संस्था एनएमसीको आगामी ४ वर्षे कार्यकालका लागि १५ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित भएको थियो । सोहि समितिलाई निर्वाचन समितिका संयोजक सांसद हरिचरण शिवाकोटीले संस्थाको निर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

नेपालकै उत्कृष्ट वित्तीय कारोबार गर्ने संस्थाका सञ्चालक सदस्य हरिचरण शिवाकोटीको संयोजकत्वमा २६औं वार्षिक साधारणसभाले गठन गरेको निर्वाचन समितिले सञ्चालन गरेको निर्वाचन कार्यक्रमबाट सञ्चालक तथा लेखा समिति निर्विरोध चयन भएको थियो ।

जसअनुसार एनएमसीका परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती छैटौं कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको विधानअनुसार यो पटकबाट वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको पद सिर्जना गरिएकोमा क्रमशः नारायणप्रसाद कोइराला र भगवती घिमिरे निर्विरोध चयन भएका छन् ।
यसरी नै सञ्चालक सदस्यहरुमा ठाकुरप्रसाद शिवाकोटी, विकासप्रसाद उप्रेती, माधवचन्द्र प्याकुरेल, डम्बरबहादुर बस्नेत, हिराप्रसाद पोखरेल, खेमनाथ मिश्र, कमल गुरागाईं र दुर्गाप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । संस्थाको विधानअनुसार महिला कोटाका सञ्चालक सदस्यमा लक्ष्मी काफ्ले उपाध्याय, सावित्रा दाहाल भट्टराई, सीताकुमारी श्रेष्ठ र देवकुमारी शेर्मा निर्वाचित भएका निर्वाचन समितिका सदस्य लोकराज ढकालले जानकारी दिए ।


एनएमसीको लेखा सुपरीवेक्षण समिति संयोजकमा विष्णु गौतम पुनः चयन भएका छन् भने सदस्यमा रचना दाहालले दोस्रो कार्यकालको जिम्मेवारी पाएकी छन् । यस्तै अम्बिकाप्रसाद ढकाल सदस्यमा निर्वाचित भएका छन् ।

एनएमसीको विधानअनुसार सञ्चालक समिति तथा लेखा समितिको कार्यकाल ५ वर्षको हुने गरेकोमा सहकारी ऐन २०७४ कार्यान्वयनमा आइसकेपछि विधान संशोधन गरी सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुने व्यवस्था गरिएको छ ।


नवनिर्वाचित सञ्चालकहरुको कार्यकाल आगामी साउन १ गतेदेखि सुरु हुनेछ । कार्यक्रममा नव निर्वाचित अध्यक्ष रामचन्द्र उप्रेतीले आफ्नो प्रतिवद्घता मन्तव्य राखेका थिए भने सहकारीकर्मी कमलबहादुर वस्नेत, रुद्रमणि श्रेष्ठ केशवप्रसाद पोखरेल, निर्वाचन समिति सदस्य शुभलक्ष्मी राईलगायतले आ आफ्नो विचार राखेका थिए । संस्थाका निवर्तमान उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई निर्वाचन समितिका सदस्य लोकराज ढकालले स्वागत गरेका थिए ।

एनएमसीको विधानअनुसार सञ्चालक समिति तथा लेखा समितिको कार्यकाल ५ वर्षको हुने गरेकोमा सहकारी ऐन २०७४ कार्यान्वयनमा आइसकेपछि विधान संशोधन गरी सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुने व्यवस्था गरिएको छ ।
नवनिर्वाचित सञ्चालकहरुको कार्यकाल आगामी साउन १ गतेदेखि सुरु हुनेछ । कार्यक्रममा नव निर्वाचित अध्यक्ष रामचन्द्र उप्रेतीले आफ्नो प्रतिवद्घता मन्तव्य राखेका थिए भने सहकारीकर्मी कमलबहादुर वस्नेत, रुद्रमणि श्रेष्ठ केशवप्रसाद पोखरेल, निर्वाचन समिति सदस्य शुभलक्ष्मी राईलगायतले आ आफ्नो विचार राखेका थिए । संस्थाका निवर्तमान उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई निर्वाचन समितिका सदस्य लोकराज ढकालले स्वागत गरेका थिए ।

प्रकाशित मिति : असार २९, २०७६ आईतबार  ५ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]