बैशाख १६, २०८२ मंगलबार

बिर्तामोडमा बन्दको बहस : कसले के भने ?

विर्तामोड । झापाको विर्तामोड बजार वर्षौदेखि साप्ताहिक रुपमा हरेक सोमवार बन्द हुँदै आएको छ । असार २६ गते वस्तुगत संघले पत्रकार सम्मेलन गर्दै शनिवार बन्दको घोषणा ग¥यो । उधोग वाणिज्य संघ विर्तामोड सोमवार कै पक्षमा उभिएको छ ।


व्यापारिक हिसावले सोमवार उपर्युक्त भएपनि पारिवारिक हिसावले शनिवार उपर्युक्त भएको बहस चलिरहेको छ । समृद्धिको कुरा पनि सँगै छ । समृद्धिको लागि बजार बन्द गरेर आर्थिक रुपमा नोक्सान गर्ने भन्दा पनि रात्रिकालिन बजार सञ्चालनको आवाज पनि उत्तिकै उठिरहेको छ । वाणिज्य संघको वर्तमान नेतृत्वले यसबारे कुनै योजना सार्वजनिक गरेको छैन ।


बिर्तामोड बजार शनिवार वा सोमबार कहिले बन्द गर्ने भन्ने बारे बहस चलिरहेको बेला हामलिे यहाँका व्यवसायीलाई सोधेका छौ । सोमवार वा शनिवार कुन दिन उपर्युक्त हुन्छ ? किन ? यसबारे सामाजिक सञ्जालबाट पनि प्रतिक्रिया राखेका छौं ।

देविभक्त श्रेष्ठ

मेरो व्यक्तिगत धारणा पनि हो, जहाँसम्म मलाई लाग्छ बिर्तामोड लगायत सबै बजारहरु सहरीकरण भइसक्यो ।

मलाई बन्द नै नगरे राम्रो लाग्छ । सातै बार खुल्ला होस् जस्तो लाग्छ । त्यो भएन भने पनि एक दिन बिदा बस्नु पर्छ । साप्ताहिक बजार बन्द गर्नुपर्छ भन्ने सहमतिमा अहिलेसम्म जे चलि आयो त्यहि मान्नु पर्छ भन्ने छैन ।

यो समस्या र परिस्थिति अनुसार परिवर्तन गर्न सकिन्छ । त्यतिखेर एउटा दुई वटा बैंकहरु थियो । सय वटा बैंकहरु, सहकारीहरु , व्यवसायीहरु छन्, औधोगीक क्षेत्रहरु त्यतिकै तनाबपूर्ण छन् । यो अवस्थामा शनिबार नै बन्द गरेर आफनो कामहरु तालमेल मिलाउन सकिन्छ ।

म यो बन्द गर्ने सहमतिमा छैन, म सातै दिन खोलेर सेवा दिन चाहान्छु । म ३६५ दिन नै खोल्छु । टिकाको दिन पनि म आधा समय टिका लाएर आएर सेवा दिने गरेको छु । बन्द नगर्नु नै राम्रो लाग्छ मलाई । अब कर्मचारीलाई बिदा दिने कुरामा रुटिन मिलाएर बिदा दिन सकिन्छ । आज राम बिदा बस्छ भने आइतबार श्याम यसरी बिदा दिन सकिन्छ । उधोग धन्दा नै बन्द गरेर बिदा दिनु त भएन ।

चन्द्र प्रसाई

सोमबार भनेको हाम्रो नियमित थाहा भएको दिन पनि हो । कर्मचारी, बिधार्थी र शिक्षक जति पनि छन् बिदाको दिन किनमेल गर्न आउछन् ।

शनिबार बन्द भएपछि त्यो सबै ग्राहकहरु पानीट्याङकी जान्छन् । त्यो कारणले पनि सोमबार बन्द गर्नु उपयुक्त हुन्छ । इलाममा पनि शनिबार बन्द हुन्छ र यहाँ आउँछन् । छुटिको दिन व्यवसायीहरुलाई सोमबार बैंकिङ कारोबार गर्न सजिलो हुन्छ । अब यो डिलरहरुको लागि सोमबार उपर्युक्त भएन , उहाँहरुले शनिबार बन्द गर्नु हुन्छ । हामी सोमबार बन्द गर्छौ ।

हामी आफ्नो निर्णय अनुसार सोमबार नै बन्द गर्छौ । वाणिज्य संघले निर्णय गर्न नसकेर हामीले आफ्नो हिसाबले बन्द गर्छौ । जहाँसम्म रात्री बजारको कुरा छ । एउटा सिस्टम बसाउनु प¥यो । नाइट मार्केटको लागि मेनपावर, सुरक्षा चाहियो । एक दुई जनाले गरेर हँुदैन । हाम्रोमा घाम डुब्दा बजार बन्द हुन्छ ।

मञ्जर अली खान

सोमबार नै बन्द ठिक छ । किनकी शनिबार भनेको सबै कार्यालयहरु बन्द हुन्छन् । सोमबार कार्यालयहरु सबै खुल्ला हुन्छन्, हामीलाई सजिलो हुन्छ ।

शनिबार बन्द हुँदा कार्यालयहरुको काम हुँदैन । हामी व्यापारी मान्छेलाई त सबै कुराहरु लिएर जानु पर्छ । शनिबार बन्द हुँदा चाहि भुक्तानी गाह्रो हुन्छ ।

शिवकुमार अग्रवाल

शनिबार बिदा हुनुपर्छ । किनभने ६ दिन काम गरिसकेर एक दिन मान्छेको रुपमा पनि बिदा बस्न पाउनुपर्छ ।

शनिबार बन्द हँुदा पनि हाम्रो बिदा हुँदैन । किनभने हामीलाई धेरै ठाउँबाट फोन आइरहेको हुन्छ, अनि हामी त्यसमा काम गर्नुपर्ने हुन्छ । के त अब राजधानी काठमाडौँमा पनि सरकारी कर्मचारी छैनन् र ?

के उप महानगरपालिका विराटनगरमा सरकारी कर्मचारी छैनन् ? उनीहरु पनि त शनिबार टाइम मेनेजमेन्ट गर्न जान्नेले जुनै दिन पनि सपिङ गर्न भ्याउछन् । मान्छेले साथै दिन काम गर्ने हो भने किन बिदा चाहिन्छ र ? यो स्वतन्त्र कुरा हो , मेट्रो सीटिमा सातै दिन पनि खुल्छन् । तर, त्यसका लागि चाहि राती पनि खुल्छ ।

अब नाइट बजार ढिलोसम्म बजार खुल्ने हामी व्यवस्था गरुम्न । बिर्तामोड उधोग वाणिज्य संघ र चेम्बर , उधोग संघ मिलेर व्यवस्था गरुम् । यसो गर्दा दिउँसो काम गर्ने राती सपिङ गर्ने हुन्छ । सोमबार नानीहरु स्कुल जान्छन् । सोमबार काम पनि हुन्छ ।

राज कुमार पोखरेल


शनिवार बैङ्किङ कारोबार गर्नु नपर्ने आधार मानेर केही व्यवसायीहरुले शनिवार बन्दको सोच बनाएको हो । तर, सबैको छुट्टी भएर किनमेल गर्नु पर्ने दिनमा बजार बन्द गर्नुको उदेश्य बिर्तामोड बजारको बिकल्प ग्राहकलाई खोज्न बाध्य बनाईएको देखिन्छ । बिर्तामोडको हित केमा छ छलफल गरौं ।


मनोज रौनियार

बिर्तामोडका हुने खाने व्यवसायिक घरानाहरुलाई तपाईहरुले तपाईहरुको सजिलोका लागि खोजेको शनिवार व्यवसाय बन्द गर्न सफल हुनुभएकोमा बधाई छ । तर, हामी जस्ता संख्यात्मक रुपमा अधिक रहेका साना खुद्रा व्यावसायीहरुको सहमति लिनु भयो ?

तपाईहरुलाई पायक पर्ने दिन तपाईको व्यवसाय बन्द गर्नुस् त्यो तपाईहरुकै सरोकारको विषय हो । तर, साना व्यवसायीलाई पनि आआफ्नो व्यवसाय आफ्नै किसिमले संचालन गर्न पाउनु पनि उसको अधिकारको कुरा हो । त्यसैले कसैले कसैको दवाव थामेर आफ्नो पसल व्यवसाय बन्द गर्नुपर्छ जरुरी छैन ।

यस भन्दा पहिला पनि वाणिज्य संघले बिर्तामोड सोमवार कि शनिवार बन्द भनेर सर्वे गर्दा बहुमतको विचार सोमबार नै थियो । त्यति बेला बहुमतको कदर गरी सोमबार नै यथावत राखेको थियो भने अब आएर दुई चार जना हुने खानेहरुको हचुवाको भरमा निर्णय गर्नु कतिको उचित हो । यो निर्णय यथावत नै रहेको खण्डमा हामी जस्ता साना व्यवसायी यो निर्णय न मान्ने र साप्ताहिक बन्द पनि नगर्ने जानकारी गराउँछौं ।

सागर ढकाल
म त भन्छु बजार कहिले बन्द हुनु नै हुदैन । अझ राति १२ः०० बजे सम्म खुला हुनुपर्छ । ब्यापारी अल्छि नभएर बरु यहाँ त ऐन, कानुन, नीति नियम बनाउने पो धेरै अल्छी भएर बजार बन्द गराइएको त होइन ?
बजारलाई अझ व्यस्त, चलायमान, व्यवस्थित र आकर्षित बनाउन सम्बन्धित निकायले बरु थप सरसफाई, सुरक्षा र सुविधाको ब्यबस्थापन तिर ध्यान दिने हो कि ?


सन्तोष पोखरेल
बिर्तामोड उध्योग बाणिज्य संघसँग पनि समन्वय नगरी यो निर्णय गरिएको भन्ने बुझ्नमा आएको छ नि कुरा के हो ? जे होस अब आफ्नो देशको रुपैयाँ भारत जाने भयो । अनि अर्को कुरा मजदुर र प्रशासनिक काम पर्दा चै के गर्ने ?

मेदनी प्रसाई
ट्रेडिङ बिजनेस जुनसुकै दिन बन्द गर्दा पनि असर हुदैन । तर, रिटेल बिजनेस गर्नेहरुले शनिबार बन्द गर्दा सोमबार को बन्दको ट्रेनले निकै लामो समयसम्म व्यवसायिक असर पर्छ । दोस्रो शनिवार बिद्यालय देखि कार्यलयसम्म बन्द हुने हुनाले त्यस समयमा अन्य दिनको भन्दा बढी कारोबार हुन्छ ।

तेस्रो सोमबारका दिन कुनै प्रशासनिक काम गर्न समय मिल्छ । चौथो शनिबार बन्दले उता बोडरमा भिडभाड बढी हुन्छ । पाचौं अरु तिर शनिवार बन्द हुँदा त्यता तिर गएर पसलका लागि सामान खरिद गर्न सकिन्छ ।

यशोदा प्रसाई
ठुला व्यावसायिलाई शनिवार नानीहरूसँग घुम्ने फिर्ने उद्देश्यले साना व्यवसायिलाई शनिवार नानीहरू को बिदामा गाउँबाट किनमेलको लागि बजारमा आउने भएकाले अरु दिन भन्दा ब्यापार बढी हुन्छ भन्ने उद्देश्य फरक यतिनै हो । तर, बिडम्बना यहाँ सानाको कुरा सुनुवाइ हुन्छ र ?

सिता कुँवर उपे्रती
यो शनिबारको बन्दको असर कतिको पर्छ भनेर प्रत्येक शनिबार बन्द हुने छिमेकी नगरपालिका भ्रदपुरको चन्द्रगडिमा बसोबास गर्ने जनतालाई सोध्नुस् कति व्यक्तिको गुनासो सुन्नु हुन्छ ?

बल्ल अफिस स्कुल छुट्टि मिल्छ बजार बन्दका कारण बिर्तामोड पुग्नु पर्छ भन्ने गुनासो सुन्नुपर्छ । ल भन्नुस् बिर्तामोड पनि बन्द हुँदा हामी त हैन छिमेकीहरुसम्म किनमेलमा कहाँ जानु ? दुई चार जनाको आफ्नो अनुकुलको लागि अरु हजारौको सुबिधामा असर नपार्न बिनम्र अनुरोध छ ।

घनश्याम चौधरी
बिर्तामोड उद्योग वाणिज्य संघबाट कुनै अधिकारीक निर्णय नभएकोले मेरो बुझाईमा साप्ताहिक बन्द सोमबार नै रहेको छ । र, ११ वटा बस्तुगत संगठनले शनिबार नै बन्द गरे हुन्छ । शनिबारको बन्द चाहिँ बस्तुगत संगठनको मात्र हुनेछ, हामी सोमबार नै गर्नेछौ ।

प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]