बैशाख १६, २०८२ मंगलबार

उद्दारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अबिरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्दार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको जानकारी दिए ।


शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका हुन् ।
मन्त्री बास्कोटाका अनुसार प्रधानमन्त्री ओलीले सर्लाहीको मलंगवाको डुबान समस्या समाधान गर्न भारतसँग कुरा गरेका थिए । त्यसैगरी प्रधानमन्त्री ओलीले रौतहटको डुबान समस्या समाधान गर्न पनि भारत सरकारसँग कुरा पनि गरेका थिए ।


सरकारी तथ्यांक अनुसार हालसम्म बाढी, पहिरो र डुबानबाट देशभरका गरी ६ जनाको ज्यान गएको पुष्टि भएको छ भने १३ जना घाइते भएको र ७ जना वेपत्ता भएका छन् ।
मन्त्री बास्कोटाले डुबान समस्याबाट सतर्कता अपनाउन आवश्यक सूचना प्रणालीको व्यवस्था गरिएको पनि बताए । बिहीबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढी, पहिरो र डुबानको चपेटामा परेको छ ।


मन्त्री बास्कोटाले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहटलगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको पनि बताए ।

प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]