सुकेडाँगी सामुदायिक वनमा शव फेला
कनकाई । आज झापाको कनकाई नगरपालिका– २ सुकेडाँगी सामुदायिक वनमा शव फेला परेको छ ।

उक्त शव कनपा – ७ का २९ वर्षीय डिल्लीराम गौतमको रहेको सुरुङा प्रहरीले जनाएको छ ।
सेतो भेष्ट, निलो जिन्स पेन्ट, म्याजिक चप्पल, हातमा घडी लगाएको पुरुष मृत अवस्थामा रहेको भेटिएपछि इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अनुसन्धान गर्दा पहिचान खुलेको डिएसपी मोहन थापाले जानकारी दिए ।
स्थानीयले दिउँसो २ बजे शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।