विदेशबाट आएका जहाज ल्याण्ड गर्न सकेनन्
काठमाण्डौ । यति एयरलाइन्सको जहाज धावन मार्गमा चिप्लिएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको छ ।

विदेशका बिभिन्न ठाउँबाट आएका जहाज अवतरण गर्न नसकेपछि फर्किएका छन् । दुबईबाट आएको नेपाल एयरलाइन्स र दोहाबाट आएको कतार एयरवेज फर्किएका छन् । बैंककबाट आएको थाइ एयर र ढाकाबाट आएको विमान बंगलादेश एयरलाइन्सको जहाज आकाशमै घुमिरहेका छन् ।
काठमाण्डौबाट उड्न ठिक्क परेका जहाज पनि रोकिएका छन् । पानी परिरहेकाले अवरुद्ध धावनमार्ग सञ्चालनमा केही समय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ ।