द्रोणाचार्य स्मृति प्रतिष्ठानमा नयाँ नेतृत्व
भद्रपुर । बाम राजनीतिज्ञ स्व. द्रोणाचार्य क्षेत्रीको स्मृतिमा स्थापित द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालमा दोस्रो कार्यकालका लागि चन्द्रमणि पौडेल चयन भएका छन् ।

जिल्ला समन्वय समिति झापाको सभाहलमा बिहीबार सम्पन्न प्रतिष्ठानको पहिलो अधिवेशनले अध्यक्षमा पौडेललाई सर्वसम्मत चयन गरेको हो ।
पौडेलकै अध्यक्षतामा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष चन्द्रा श्रेष्ठ, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिव लोकनाथ भट्टराई कोषाध्यक्ष दुर्गाप्रसाद भट्टराई तथा सदस्यमा सन्तोष पोखरेल, पवित्रा महतारा, अच्युतराज पोखरेल, लक्ष्मीप्रसाद गुरागाई, कुञ्जा रुचाल, देवराज कार्की, शंकर गौतम, कौशल्या अधिकारी र सोमनाथ ओझा चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय कमिटी सदस्य नरेश खरेल, १ नं प्रदेशसभा सदस्य वसन्त बानियाँ, पूर्व सांसद पुष्पराज पोखरेललगायतले नेपालको राजनीतिमा स्व. क्षेत्रीले पुर्याएको योगदानको चर्चा गरेका थिए ।