मेयरकै घरमा डोजर चल्यो
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफ्नो घरको पर्खाल भत्काएका छन् । पछिल्लो समय मेयर चौधरीको घरको पर्खाल बाटोमा परेको भन्दै बिरोध भइरहेको थियो ।

मेयर चौधरी सार्वजनिक जग्गा खाली गर्ने अभियानमा लगेका छन् । मेयरको घरनै सार्वजनिक जग्गामा परेपछि आफनै घरको पर्खाल भत्काएर उनले सो अभियान शुरु गरको हुन् ।
मेयरको घरबाटै अभियान शुरु गर्नुपर्छ भन्ने आवाज उठन थालेपछि चौधरीले डोजर लगाएर आफ्नै घरको पर्खाल भत्काएका हुन । इटहरी १७ को घरको पर्खाल उनले भत्काएका हुन् । सडकमा पर्खाल परेको कारण आफ्नै घरबाट भत्काउन सुरु गरेको मेयर चौधरीले बताए ।